मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यमलको पारिश्रमिक बढाउन बार्सिलोनासँग सुपर एजेन्टको माग

काठमाडौँ – १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ । 

यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उनको हाल प्रति साता करिब ३५ हजार डलर मात्र पारिश्रमिक रहेको छ । बार्सिलोनाले यस अघि यमलको पारिश्रमिक २०२६ पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ ।

युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रूपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनामा हाल सर्वाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्डसका  फ्रांकी डी जोंग हुन् । उनको प्रति साता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ । 

त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रति साता ५ लाख ६७ हजार डलर रहेको छ । उनीहरूको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशत भन्दा पनि कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?