मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ – आज देखि महिला एसिया कप शुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एसिया ८ देशले भाग लिँदै छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्दै छन् ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बङ्गलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि शुरु हुँदै छ । त्यस्तै आज अर्को खेल समूह समूह ए कै भारत र पाकिस्तानबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुँदै छ ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ । 

एसिया कप खेल्ने नेपाली टिम: 

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?