काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई सुविधासम्पन्न बनाउने निर्णय गरेका छन् ।
ओली नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
ओलीले सामाजिक सञ्जाल फेसूबकमा लेख्दै क्रिकेट रंगशालालाई सुविधासम्पन्न बनाउने, दर्शक बस्नका लागि पाराफिट र रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेसमेत जानकारी दिए ।
साथै ओलीले यसका लागि तीन सय दिनको समयसीमा तोकिएको पनि उनले बताए ।
योसँगै नेपाली क्रिकेट फ्यानले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही वर्षयता नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको छ ।
यसअघि पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यो निर्णय गरेपनि काम अगाडि बढाउन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया