काठमाडौँ – स्पेनका कार्लोस अल्काराजले यस वर्षको विम्बल्डन पुरुष सिङ्गलको उपाधि जितेका छन् ।
अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष विम्बल्डनको उपाधि जितेका छन् ।
२१ वर्षीय अल्काराजले ६-२, ६-२, र ७-६ को सोझो सेटमा जोकोभिचलाई पराजित गरेका हुन् । उनले २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।
युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै वर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।
त्यस्तै यस अघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो वर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस वर्ष भने उपाधि विहीन बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया