मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

काठमाडौँ– कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् ।

सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरूसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।

खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरू रहेको ठाउँमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ ।

त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।

उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारबाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?