मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘गुलाबी’ मा नाजिरको यस्तो अवतार

काठमाडौँ – नाजिर हुसेन अभिनित फिल्म ‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ आगामी कार्तिक ९ बाट रिलिज हुने पक्का भएको छ । 

बिहीबार नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यसको जानकारी दिएका हुो।  पोस्टरमा नाजिर पहेँलो रङ्गको वान पिसमा छन्। 

उनले एउटा हातमा नक्कली कपाल बोकेका र अर्को हातमा हिल्स बोकेका छन्। उनको यो ट्रान्सवुमन लुक्सले नै फिल्म कथावस्तु बोल्छ। 

समुन्द्र भट्टले निर्देशन रहेको यो फिल्म अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको हो । 

पारलैंङ्गिकताको कथालाई उठान गरेको यस फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। त्यस्तै नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?