काठमाडौँ। आज २०८३ साल जेठ २ गते शनिबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मे १६ तारिख। बटसावित्री व्रत र शनि जयन्ती आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: आजको दिन तपाईंका लागि सामान्य रहनेछ। शरीरमा केही आलस्यता महसुस हुन सक्छ, त्यसैले स्वास्थ्यमा ध्यान दिनुहोला। आर्थिक दृष्टिकोणले दिन ठिकै छ, तर खर्च गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ। साथीभाइको सहयोगले रोकिएका केही काम अगाडि बढ्न सक्छन्।
वृष: तपाईंका लागि आजको दिन निकै सुखद रहनेछ। पारिवारिक सम्बन्धमा मधुरता आउनेछ र रमाइलो यात्राको योग पनि देखिन्छ। नयाँ लगानीका लागि सोच बनाउँदै हुनुहुन्छ भने समय अनुकूल छ। बोलीको प्रभावले अरूलाई प्रभावित पार्न सफल हुनुहुनेछ।
मिथुन: आज तर्क र विवादबाट टाढै रहनु उचित हुनेछ। मानसिक तनाव बढ्न सक्ने भएकाले योग वा ध्यानमा समय बिताउनु राम्रो हुन्छ। व्यापारमा मध्यम फल प्राप्त हुनेछ। मिहिनेत अनुसारको प्रतिफल पाउन केही समय पर्खनुपर्ने हुन सक्छ।
कर्कट: अध्ययन(अध्यापन र सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। आकस्मिक धन लाभको योग छ। प्रेम जीवनमा रहेकाहरूका लागि आजको दिन सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर मिल्नेछ।
सिंह: घरायसी काममा व्यस्तता बढ्न सक्छ। जग्गा(जमिन वा सवारी साधनको कारोबारमा लाभ मिल्ने सम्भावना छ। आमाको स्वास्थ्यमा भने विशेष ध्यान दिनुहोला। काममा केही अवरोध आए पनि धैर्यतापूर्वक अघि बढ्दा सफलता मिल्नेछ।
कन्या: आज तपाईंको साहस र पराक्रम बढ्नेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ। दाजुभाइ तथा सहयोगीहरूबाट राम्रो समर्थन प्राप्त हुनेछ। नयाँ कामको थालनी गर्नका लागि आजको दिन निकै राम्रो छ।
तुला: वाणिको प्रभाव बढ्नेछ र आर्थिक सञ्चयमा सफलता मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। मिठो भोजनको अवसर मिल्न सक्छ, तर स्वास्थ्यको ख्याल गर्नुहोला। परिवारका सदस्यहरूसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ।
वृश्चिक: आज तपाईंको व्यक्तित्वमा निखार आउनेछ। अधुरा रहेका कामहरू पूरा हुने समय आएको छ। मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा राम्रो प्रगति देखिन्छ। दिनभर मन प्रसन्न रहनेछ।
धनु: खर्च बढ्ने भएकाले बजेट सन्तुलनमा राख्न गाह्रो हुन सक्छ। वैदेशिक कार्यमा लागेकाहरूका लागि भने दिन शुभ छ। अनावश्यक विवादमा नफस्न सचेत रहनुहोला। टाढाको यात्रा गर्दा सावधानी अपनाउनु उचित हुनेछ।
मकर: आजको दिन आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। इष्टमित्र र साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ। रोकिएको धन प्राप्त हुने योग छ।
कुम्भ: व्यावसायिक सफलता मिल्ने दिन छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जसले तपाईंको करिअरमा सकारात्मक प्रभाव पार्नेछ। सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ। पिताको सहयोगले विशेष लाभ हुनेछ।
मीन: धर्म(कर्म र आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। भाग्यले साथ दिनेछ, जसले गर्दा थोरै मिहिनेतमा पनि धेरै सफलता मिल्नेछ। उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया