काठमाडौँ – रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।
रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरूका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।
एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन् । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया