मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो टी-२० मा भारतमाथि जिम्बाबेको शानदार जित

काठमाडौँ । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी-२० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए । त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै भारतीय ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्बाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्बाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए ।यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
                  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?