काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
क्यानले आफ्नो निर्णयमा भनेको छ- ‘संघबाट संचालन हुने विभिन्न गतिविधिहरू सम्बन्धी जानकारी एवंम सूचनाहरू विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आधिकारिक रूपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया