मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने

काठमाडौँ – टी–२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम बिहीबार बिहान नयाँ दिल्ली पुगेको हो । 

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाइ भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।

आज दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आज प्रधानमन्त्रीको सम्मानपछि भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ ।

मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् । 

नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरुलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।

यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क–दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?