मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साङ्गीतिक चलचित्र ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक

काठमाडौँ – कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ ।

उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ । सुदूरपश्चिमका सर्वसाधारण सडक र सञ्चार सुविधाबाट वञ्चित हुँदा झेल्नुपरेका पीडा प्रस्तुत भएको छ ।

गीतमा चक्र बम र रचना रिमाल र ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिएका छन् । कोविद बज्रले सङ्गीत भरेको गीतको श्रव्यदृश्यमा अभिनेत्री रेनुनाथ योगी, बालकलाकार सञ्जय परियार र गायक बमले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?