काठमाडौँ– फिल्म ‘बुलाकी’ लाई पुनः प्रदर्शनमा ल्याउन भएको छ । सोमबार निर्माण टिमले सोमबार फिल्मको एक पोष्टर सार्वजनिक गरी पुनः प्रदर्शनमा ल्याउने जनाएको हो ।
कर्णाली भेगको जारी प्रथाको कथावस्तुमा बनेको फिल्म आगामी साउन ३२ गतेदेखि पुनःप्रदर्शन गर्ने जनाएको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मूख्य भूमिकामा देखिएका छन् । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा राजबहादुर सानेको कथा एवं पटकथा र निर्माता टोपेन्द्र विष्ट रहेका छन् ।
फिल्म गत वर्ष बैशाखमा प्रदर्शनमा ल्याएको थियो । तर फिल्म ‘जारी’ र ‘बिहे पास’ एकैचोटी प्रदर्शनीमा आएकोले पर्याप्त शो नपाएको भन्दै प्रदर्शनीमा आएको दोस्रो दिन नै हलबाट निकालेको थियो ।
पछिल्लो समय फिल्मलाई लिएर दर्शकले धेरै चासो देखाएकोले पुनःप्रदर्शनमा ल्याउन लागेको निर्माण टिमले जनाएको छ ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया