काठमाडौँ– फिल्म ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको सो फिल्मएक्सन थ्रिलर हो ।
आइतबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा निर्देशक तथा अभिनेता विराजका छोरा समीर एक्सन अवतारमा देखा परेका छन् ।
समीरको डेब्यू फिल्मसमेत रहेको आगामी दशैँमा रिलिज गर्ने मिति तोकिएको छ । उनले यस फिल्मलाई लक्षित गरी भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका थिए।
अब १० दिनमा फिल्मको छायांकन काम पनि सकाउने अभिनेता तथा निर्देशक भट्टले जनाएका छन् । अबको १० दिनमा फिल्मको छायांकन सकिने जनाइएको छ।
फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशीलगायतको कलाकारको अभिनय रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया