काठमाडौँ – आईसीसी टि २० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सो खेलका उनी म्यान अफ दी म्याच समेत बने । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए ।
५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। म्यान अफ दी म्याचको पुरस्कार लिएपछि उनले भने, ‘यो मेरो अन्तिम टी–२० अन्तर्राष्ट्रिय हो र मैले जे उपलब्धि चाहन्थे, त्यो प्राप्त गरे ।’
भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया