मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी- २० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुँदै

काठमाडौँ – जारी आईसीसी टी– २० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुँदै छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।

सुपर आठको समूह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बङ्गलादेश बाहिरिएका छन् । त्यस्तै समूह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।

अब सेमिफाइनलका दुवै खेल आज हुने छन् । आज पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुँदै छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानले टस जितेर व्याटिङ रोजेको छ ।

दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहे पनि सबै खेलमा सङ्घर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समूह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस अघि सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।

त्यस्तै अफगानिस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी – २० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।  

भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी–२० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?