मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौँ – युरोकप फुटबलमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा नेदरल्याण्ड्सका डोनयेल मालेनले गरेको आत्मघाती गोलसँगै अष्ट्रियाले सुरुवाती अग्रता लिएको थियो । तर ४७औँ मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ५९औँ मिनेटमा स्मिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । तर ७५औँ मिनेटमा नेदरल्याण्ड्सका डिपायले गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो ।

त्यसपछि ८०औँ मिनेटमा अष्ट्रियाका मार्सेलले गरेको गोलसँगै अष्ट्रिय ३–२ गोलले विजयी भयो ।

यो जितसँगै अष्ट्रिया ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

यस्तै दोस्रो स्थानको फ्रान्सको ५ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ । जितविहीन पोल्यान्ड १ अंक जोड्दै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?