मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी–२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ – जारी आईसीसी टी– २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुँदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच जारी छ ।

सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा भइरहेको खेलमा टस जितेर अस्ट्रेलियाले बलिङ गरिरहेको छ । 

सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बङ्गलादेशमाथि जित हासिल गरेको छ ।

अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी – २० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।

त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुँदै छ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८ : १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । 

त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ । 

त्यस्तै अमेरिकाले भने कम्तीमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तीमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?