काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले वेस्ट इन्डिज सामु १२९ रनको चुनौती प्रस्तुत गरेको छ ।
टस हारेर शुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको हो। एक बल बाँकी हुँदा अमेरिका अलआउट भएको हो।
अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए। अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए।
वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारे भने अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिए।
सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ–आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो ।
सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी २० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् ।
यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ। आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक रुपमा लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया