काठमाडौँ – ईङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समूह सी अन्तर्गतको खेलमा डेनमार्कले ईङल्याण्डलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
गएराती सम्पन्न खेलमा ईङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो ।
डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।
यो बराबरीपछि समूह सी मा ईङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।
अब समूह चरणको अन्तिम खेलमा ईङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया