मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राईडे रिलिज

आजबाट प्रदर्शनमा आए ‘दान्भी’ र ‘आचार्य’, कुनले कति शो पाए ?

काठमाडौँ – आजबाट दुई नेपाली फिल्म ‘दान्भी’  र ‘आचार्य’प्रदर्शनमा आएका छन् । 

पूजा शर्माको एक्सन अवतार भएको फिल्म  ‘दान्भी’ लागि बुधवारदेखि नै मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका थिए । यसका लागि आज क्युएफएक्सले काठमाडौँमा १६ शो दिएको छ ।

त्यस्तै  काठमाडौँ बाहिर उसले ३१ शो उपलब्ध गराउँदा आईएनआईले १२ शो, वान सिनेमाजले ७ शो दिएका छन् ।

फिल्मले एफक्युब, बिएसआर, बिग मुभीज, रञ्जना सिनेप्लेक्स लगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ ।

उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा सिनेमा हलमा यो फिल्म रिलिज हुँदै छ ।

आक्रामक प्रचारसहित प्रदर्शनमा आएको यो फिल्म रूपेश तामाङको निर्देशनमा बनेको हो । फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ ।

यता भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित ‘आचार्य’लाई भने हलहरूले शो दिन कन्जुस्याइँ गरेका छन् । जसलाई  विग मुभिजले दुई शोज एफक्यूबले एक शोज दिएका छन् । 

१३ वर्षअघि निर्माण भएर प्रदर्शन भयो यो फिल्म गत वर्ष निधन भएका आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गरिएको हो ।

आचार्यको बाल्यकालदेखि संघर्ष, संगीत क्षेत्रको उत्कृष्ट समय, स्वर गुमेको घटनालाई प्रस्तुत गरिएको यो फिल्म उनको निधन पश्चातका दृश्यहरू पनि समेटेर नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याइएको हो ।

प्रशान्त रसाइलीले निर्देशन गरेको ‘आचार्य’ मा भक्तराजका जेठा छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । अन्य कलाकारका सुनील पोखरेल, अरुणा कार्की, सौगात मल्ल, विपीन कार्कीलगायत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?