काठमाडौँ – स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ ।
गएराती सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
स्पेनको जितमा खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।
यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समूह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।
अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोएसियासँग खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया