मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुमराह र सूर्यकुमार चम्किँदा अफगानिस्तानविरुद्ध भारतको सहज जित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ।

जसप्रित बुमराहको घातक बलिङ र सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । 

भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। शुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे। नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।

कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए। विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषभ पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन बनाएका थिए।

भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे। २८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हार्दिक पाण्डेयले २४ बलमा ३२ रनको योगदान दिए। अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए।

अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीन तीन विकेट हात पारे।

योसंगै टी–२० मा भारतले अफगानिस्तानविरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ । समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?