काठमाडौँ – ईङल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा ईङल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको ईङल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
ईङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्बाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।
यो जितपछि ईङल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब ईङल्याण्डले अर्को खेल शुक्रबार राती दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया