काठमाडौँ – नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् ।
फेस्टिभलमा नवीनको निर्देशन र दयाहाङको अभिनय रहेको चलचित्र ‘गाउँ आएको बाटो’को प्रदर्शन हुँदै छ । रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् ।
आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङसँगै पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढाव सिनेमाको कथा हो ।
फेस्टिभल समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ ।
मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया