काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले छैटौं विकेट हात पारेको छ ।
११ औं ओभरको चौथो बलमा कप्तान रोहितकुमार पौडेलले नेपालका लागि छैटौ विकेट लिएका हुन् ।
उनले बंगलादेशका शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु आउट गरेका हुन्। व्यक्तिगत यो उनको दोस्रो विकेट हो।
यसअघि सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया