काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनको विजयी भएको छ। वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो।
सुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको नामिबिया तीन विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले नटआउट ४७ रन बनाए। २० बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। उसका लागि जोनी बेयरस्टो ३१, मोइन अली १६, लियाम लिभिङस्टोन १३ रनमा आउट हुँदा फिल साल्टले ११ रन बनाए।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारे भने डेभिड विसे र बर्नार्ड स्कटेजले समान एकएक विकेट लिए।
१२३ रनको लक्ष्य पछ्याएको नामिबियाका लागि भने माइकल भ्यान लिङ्गेनले सर्वाधिक ३३ रन बनाए। २९ बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे। डेभिड विसेले २७ रन जोडे भने निकोलास डेभिन १८ रनमा आउट भए।
नामिबिया तीन विकेट गुमाएर ८४ रनमा समेटिएको हो। नामिबियालाई सस्तैमा समेट्न कसिलो बलिङ गरेको इंग्ल्याण्डका लागि अफ्रा आर्चर र क्रिस जोर्डनले समान एकएक विकेट हात पारे।
यो जितसँगै इंग्ल्याण्डले सुपर ८ को सम्भावनालाई जीवितै राखेको छ। समूह ‘बी’मा सुपर ८ प्रवेश गरिसेको अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया