काठमाडौं- आईसीसी विश्वकप टी २० मा दक्षिण अफ्रिकाले नेपालसमक्ष १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानेडिन्समा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेण्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । ४९ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, त्रिस्तान स्टब्सले १८ बलमा २७ रन जोडे ।
नेपालका कुशल भुर्तेलले चार विकेट लिए । अन्तिम ओभरको अन्तिम दुई बलमा उनले लगातार दुई विकेट लिएका थिए ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । लामो समयपछि नेपाली टिममा फर्केका स्पिनर सन्दीप लामिछानेले आज कुनै विकेट लिन सकेनन् ।
नेपाललाई दोस्रो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया