काठमाडौँ– आईसीसी टी २० विश्वकपमा नेपालले अहिले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा नेपालले दक्षिण अफ्रिकाको तेस्रो विकेट लिएको छ । नेपालका कुशल भुर्तेलले १३ ओभर २ बलमा दक्षिण अफ्रिकाका हेनरिख क्लासनको विकेट लिएका हुन् ।
आउट हुनुअघि उनले ५ बलमा ३ रन बनाए । उनको विकेटसँगै ताजा अवस्थामा दक्षिण अफ्रिकाले तीन विकेटको क्षतिमा ७४ रन बनाएको छ ।
त्यसअघि भुर्तेलले नै कप्तान एडम माक्र्रामको पनि विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरीले क्विन्टन डीककलाई आउट गरेका थिए ।
विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया