काठमाडौँ– आईसीसी टी २० विश्वकपमा नेपालले अहिले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । नेपालका कुशल भुर्तेलले ११ ओभर २ बलमा दक्षिण अफ्रिकाका कप्तान एडम माक्र्रामको विकेट लिएका हुन् । आउट हुनुअघि उनले २२ बलमा १५ रन बनाए ।
उनको विकेटसँगै ताजा अवस्थामा दक्षिण अफ्रिकाले दुई विकेटको क्षतिमा ६८ रन बनाएको छ ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले ३ ओभर ४ बलमा दक्षिण अफ्रिकाका क्विन्टन डीककलाई आउट गरेका थिए ।
विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया