काठमाडौं- आईसीसी टी २० विश्वकपमा नेपालले अहिले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले ३ ओभर ४ बलमा दक्षिण अफ्रिकाका क्विन्टन डीकक को विकेट लिएका हुन् ।
उनको विकेटसँगै ताजा अवस्थामा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा २२ रन बनाएको छ ।
विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया