काठमाडौँ – संजोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ।
शिल्पाको मास्केको मुख्य भूमिका रहेको फिल्मको निर्माण पक्षले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
रहस्यमय पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ। नेपथ्यमा भने कसैको हत्या गरिरहेको दृश्य पनि छ। फिल्मको पटकथा निर्देशक राई र अजय गौतमले लेखेका छन्। सार्वजनिक पोस्टरले विद्रोहको कथा भन्न खोजेको अनुमान लगाउन सकिन्छ ।
एक्जिबिटको प्रस्तुति रहेको यो फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा बनेको हो । फिल्मको निर्मातामा पनि निर्देशक राईसहित रेमन गुरुङ र नारायण गुरुङ छन् भने सहनिर्मातामा उजेन नोर्बु गुरुङ र मिलन लामा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया