मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी २० विश्वकप

समूह ‘डी’ को समीकरण – नेपालको सम्भावना कायमै, श्रीलंकालाई भगवान् भरोसा

काठमाडौँ – विश्वकप टी २० मा आज नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध भयो । अमेरिकाको फ्लोरिडामा रहेको लौडरहिल रंगशालामा खेल हुने समय अविरल वर्षा भएसँगै नेपाल र श्रीलंकाले अंक बाँडे ।

यससँगै समूह डीमा रहेका श्रीलंका र नेपालको समान १ अंक भएको छ । समूहमा श्रीलंका पुछारमा रहँदा नेपाल भने चौथो स्थानमा छ ।
हालसम्म श्रीलंकाले तीन खेल खेलेकोमा यसअघिका दुई खेलमा हार व्यहोरेको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले हारेको थियो । श्रीलंकाले अब समूहको अन्तिम खेलमा १६ जुनमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

दुई खेल खेलेको नेपाल भने यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशको सामना गर्नेछ । दुबै खेल वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टमा रहेको किङ्ग्सटाउनमा हुनेछ ।

हालसम्म नेपाल समूह चरणबाट बाहिरिसकेको छैन । नेपाल आफ्नै बुतामा अर्को चरण प्रवेश गर्न अझै सम्भव छ । नेपाललाई अर्को चरण पुग्न बंगलादेश र दक्षिण अफ्रिकाविरुद्धका दुबै खेल जित्नैपर्ने दबाब छ ।

यो समूहबाट दक्षिण अफ्रिका अर्को चरणमा पुगिसकेको छ । तीन खेल खेलेको दक्षिण अफ्रिका शत प्रतिशत नतिजासँगै ६ अंकका साथ अर्को चरण पुगेको गरेको हो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंका, दोस्रोमा नेदरल्याण्ड्स र तेस्रो खेलमा बंगलादेशलाई पराजित गरेको हो । अब दक्षिण अफ्रिकाले नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

समूहको दोस्रो र तेस्रो स्थानमा बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । समान दुई खेलबाट दुई अंक रहेपनि रनरेटका आधारमा बंगलादेश दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेका हुन् ।

श्रीलंकालाई हराएको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने नेपाललाई हराएको नेदरल्याण्ड्स पनि दक्षिण अफ्रिकासँग नै पराजित भएको थियो । बंगलादेश र नेदरल्याण्ड्सले भोलि प्रतिस्पर्धा गर्ने तालिका छ । नेदरल्याण्ड्सले श्रीलंकासँग पनि खेल्न बाँकी छ । बंगलादेशले नेपालसँग पनि प्रतिस्पर्धा गर्न बाँकी नै रहेको छ ।

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध भएसँगै समूह डीको समीकरण रोचक मोडमा पुगेको छ । समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका अर्को चरण पुगिसक्दा पुछारमा रहेको श्रीलंका कुनै चमत्कार नभए अर्को चरण प्रवेश गर्ने छैन ।

अर्को चरण प्रवेश गर्न बंगलादेश र नेदरल्याण्ड्सबीचको खेल रद्द हुनुपर्नेछ । यदी यो खेल भएको खण्डमा कुनै एउटा टोलीले दुई अंक पाए श्रीलंका प्रतियोगिताबाट बाहिरिने निश्चित छ ।

तर, श्रीलंकालाई यतिले मात्रै पुग्दैन । श्रीलंकाले नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्नुपर्ने छ । श्रीलंका अर्को चरण पुग्न नेपाललाई दक्षिण अफ्रिकाले पराजित गर्नुपर्नेछ भने नेपालले बंगलादेशलाई पनि पराजित गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?