मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण कोरियाले शुरु गर्‍यो अन्तरिक्ष एजेन्सी ‘कासा’ 

काठमाडौँ – दक्षिण कोरियाले आफ्नो अन्तरिक्षमा एजेन्सी ‘कासा’ सन्चालनमा ल्याएको छ । 

राष्ट्रपति युन सुक येओलले मे ३० मा कोरिया एयरोस्पेस एडमिनिस्ट्रेशन (कासा) को उद्घाटन गरेका रोयटर्सले रिपोर्ट गरेको छ। 

यसले २०४५ मा योजनाबद्ध मंगल ग्रह अवतरण अभियानसम्मको लक्ष्य राखेको छ भने यसका लागि १०० ट्रिलियन वोन अर्थात ७२.६ बिलियन डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

यद्यपि  दक्षिण कोरिया पहिले नै अन्तरिक्षमा सक्रिय छ। यसमा चन्द्रमाको परिक्रमामा रहेको डानुरी नामको स्याटेलाइट छ ।

जसले नासाको आर्टेमिस कार्यक्रमलाई सहयोग गर्न सक्ने तस्वीरहरू र डाटा प्रदान गर्दछ। यसले नुरी नामको पूर्ण रूपमा स्वदेशी लन्च भेहिकल विकास गरेको छ र देशले सन् २०३२ सम्ममा आफ्नो पहिलो रोबोट चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?