काठमाडौँ– रेहान मियाको निर्देशनमा रहेको फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन चितवनमा सुरु भएको छ । सोमबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा शुभसाइत पूजा गरी फिल्मको छायांकन सुरु गरेको हो ।
फिल्मले विवाह गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने र उतै बस्ने युवापुस्ताको पछिल्लो प्रवृत्तिमाथि व्यंग्य गरेको छ । रेहानको पटकथा र निर्देशन रहेको फिल्मक चितवनको विभिन्न स्थानमा २५ दिनसम्म छायांकन गर्ने जनाएको छ ।
फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी, श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय हुनेछ ।
फिल्म करुणा फिल्म्स तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवि कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया