काठमाडौँ – सन्तलाल चेपाङको जीवनकथा भन्ने डकुमेन्ट्री फिल्म ‘पचेडा’ तयार भएको छ ।
वृत्तचित्र दीपेन्द्र केसीको निर्देशन बनेको हो भने जङ्गलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ ।
डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवारलाई चित्रण गरिएको छ । उनी बसोबास गर्दै आएको मनहरी गाउँपालिकाको नयाँ बस्तीमा फिल्म खिचिएको छ ।
वृत्तचित्र हेरिरहँदा दर्शकलाई कुनै हरर फिल्म हेरिरहेको झल्को आए पनि यसमा चेपाङ समुदायको वास्तविक कथा छ । वृत्तचित्रमा सन्तलाल चेपाङको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।
उनले मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । वृत्तचित्र सन्तलाल बसिरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको हो ।
वृत्तचित्रकी निर्माता विनिता क्षेत्री र सह–निर्माता बालकृष्ण खड्गी हुन् । वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया