मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्रीलिश र माग्युरेलाई बाहिर राख्दै युरोकप खेल्ने इङल्याण्डको टिमको घोषणा

काठमाडौँ – इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ ।

प्रशिक्षक ग्यारेथ साउथगेटले भेट्रान डिफेन्डर ह्यारी माग्युरे र मिडफिल्डर ज्याक ग्रीलिशलाई बाहिर राख्दै युरोकपको अन्तिम टिम घोषणा गरेका हुन् ।

त्यस्तै जेम्स माडिसन, जाराड ब्रान्थवेट, जेम्स ट्राफोर्ड कर्टिस जोन्स र जारेल क्वानसाहलाई बाहिर राखिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडबाट खेल्ने मार्कस राशफोर्डलाई त युरोकपको प्रारम्भिक टिमबाट पनि बाहिर राखिएको थियो ।

युरोकप खेल्ने इङल्याण्डको टिम: 

गोलकिपर: जोर्डन पिकफोर्ड, आरोन राम्सडेल र डीन हेन्डरसन ।

डिफेन्डर: जोन स्टोन्स, मार्क गुएही, एजरी कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाकर, लुक शा र किरन ट्रिपर ।

मिडफिल्डर: डेक्लान राइस, कोनोर गालाघर, एडम व्हार्टन, कोबी माइनू, ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड र जुड बेलिङ्घम ।

फरवार्डः बुकायो साका, फिल फोडेन, कोल पाल्मर, एन्थोनी गोर्डन, जारोड बोवेन, एबेरेची इजे, ह्यारी केन, ओली वाटकिन्स र  इभान टोनी ।

यहि जुन १४ बाट जर्मनीमा शुरु हुने युरोकपमा इङल्याण्ड समुह सी मा रहेको छ । समुह सी मा इङल्याण्डसहित स्लोभेनिया, डेनमार्क र सर्बिया रहेका छन् ।

इङल्याण्डले आफ्नो पहिलो खेल जुन १६ मा सर्बियाविरुद्ध खेल्दै छ ।
          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?