मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज

प्रदर्शनमा आए ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’, कस्तो गर्लान् व्यापार ?

काठमाडौँ – आजबाट दुई नेपाली फिल्म  ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ प्रदर्शनमा आएका छन् ।

यी दुवै फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । फरक कथामा निर्माण भएका यी दुवै फिल्मका लक्षित दर्शक वर्ग पनि फरक छन् ।

यी मध्ये ‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेको फिल्म हो भने यसले गाउँमा गाडी आएपछि परम्परागत पेसा कसरी संकटमा पर्छ भन्ने कथा भन्न बाउ–छोराको मार्मिक कथा प्रस्तुत गरेको छ । 

दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’ ले गाउँमा मोटर बाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरेको छ ।

नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय रहेको छ । यो फिल्मलाई ‘लन्डन टु पेरिस’लाई भन्दा बढी शोज दिइएको छ । 

यो फिल्मले देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा कूल ३८ शोज पाएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा ९ शो, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३–३ शो प्राप्त गरेको छ । 

यस्तै घनश्याम लामिछानेले निर्देशन गरेको  ‘लन्डन टु पेरिस’  ‘ट्राभल लभस्टोरी’ हो ।  यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन भने अमित बस्नेतको निर्माण रहेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता छन्।

यो फिल्मले क्यूएफएक्सको आउटलेटमा कूल २९ शो पाउँदा आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २–२ शो दिएका छन् ।

समग्रमा यी दुवै फिल्मले पहिलो दिन शुक्रवार देशभर डेढ सय हाराहारी शो पाएका छन् । आक्रामक प्रचार शैली र निर्देशकको हाइपका कारण यी दुवै आशा गरिएका फिल्म हुन् ।

यसमा अकुपेन्सी र दर्शकको वर्ड अफ माउथ राम्रो भएको अवस्थामा फिल्मले शनिबारदेखि शो बढाउने छ । फलतः  अब दर्शकबाट ‘वर्ड अफ माउथ’ कस्तो आउँछ, त्यसले फिल्मको व्यापारिक भविष्यसमेत निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?