मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० विश्वकप : आज तीन खेल हुँदै, ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदै छन् ।

आज पहिलो खेल समूह सी मा रहेका पीएनजी र युगाण्डाबीच जारी छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा  बिहान ५ ः१५ मा शुरु भएको खेलमा पिएनजीले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको छ। 

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युगाण्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो। । 

त्यस्तै आज दोस्रो खेल समूह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच भइरहेको छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा विहान ६ः१५ बजेदेखि जारी खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले शुरुमा ब्याटिङ गर्दै छ। 

यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी २० क्रिकेट हो ।

त्यस्तै आज तेस्रो खेल समूह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९स् १५ बजेदेखि शुरु हुने छ । 

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?