काठमाडौं । जाडो मौसममा कब्जियतको समस्या धेरै देखिन्छ । आजको समयमा, कब्जियत एक सामान्य समस्या भएको छ। कब्जियतको समस्याका धेरै कारण हुन सक्छन् । वास्तवमा कब्जियतको नाम छोटो छ तर यो समस्या ठुलो होस् वा सानो होस् भन्ने यो समस्याबाट गुज्रनेहरूलाई मात्र थाहा हुन्छ ।
यो धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गम्भीर समस्या निम्त्याउन सक्छ । कब्जियत भएमा पेट दुख्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने आदि हुन सक्छ।
शौच गर्दा लाग्ने समय हेरेर– बिहान दिसा बस्दा करिब ३ देखि ५ मिनेटमा गरी सक्नुपर्छ। अन्यथा अपच भनेर बुझ्नुपर्छ।
दिसाको प्रकारले– हामीले खाएको खाना सही तरिकाले पाचन भए दिसा सेलजस्तो बाँधिएको नरम आउँछ। यदि दिसा कडा वा पातलो भएमा कब्जियत भयो भनेर बुझ्नु पर्छ।
दिसाको गन्धले– दिसा बस्दा नाकले कति अप्ठ्यारो महशुस गर्छरु जति चर्को गन्ध त्यति कब्जियत हुन्छ।
मलद्वारमा कत्तिको च्यापच्याप लाग्छ हेरेर– दिसा गरिसकेपछि पखाल्दा मलद्वारमा जति च्यापच्याप लाग्छ त्यति नै भित्र फोहोर जम्मा भएको हुन्छ।
यसरी कब्जियत भए–नभएको, खाएको मिले–नमिलेको सजिलै थाहा पाउन सकिन्छ। यसका लागि कुनै अस्पताल या ल्याबमा गइरहनु पर्दैन।
कब्जियतका लक्षणहरूः
कब्जियतको पहिलो लक्षण ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु हो।
साधारणतया हामी दिसा कडा हुनु, दिसा २–४ दिनसम्म नहुनु र दिसा गर्न गाह्रो हुनुलाई मात्र कब्जियत भनेर बुझ्छौं। तर वास्तवमा दिसा बारम्बार हुनु, पातलो हुनु र दिनको तीन–चार पटक हुनु पनि कब्जियत हो।
दिसा कडा र सुख्खा हुनु, दिनको २–४ पटक ट्वाइलेट जानुपर्ने हुनु।
गन्हाउने दिसा हुनु।
ग्यासको समस्या हुनु।
धेरैबेर ट्वाइलेटमा बस्नुपर्ने हुनु।
पेट भारी हुनु, पेट फुल्नु, शरीर लोसे हुनु।
भोक नलाग्नु।
आलस्य, चिडचिडापन, अनिद्रा, थकान हुनु।
टाउको दुख्नु, वाकवाकी लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु।
काममा ध्यान नजानु, रिस उठ्नु।
कब्जियत हुनुका कारणहरूः
कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट ९भात, रोटी, ढिँडो०को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो।
मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले।
भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खानाले।
धेरैचोटी, छिटोछिटो, राम्ररी नचपाई र बीचबीचमा कुचुकुचु खाने बानीले।
जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले।
चुरोट, खैनी, जाड, रक्सी जस्ता नशाजन्य पदर्थ खानाले।
खानासँग पानी पिउनाले।
ढिलो सुत्ने र ढिला उठ्नाले
दैनिक व्यायाम नगर्नाले
दिसा रोक्ने बानीले
पानीको कमीले। जसरी बाहिर फोहोर भयो भने पानीले सफा गरिन्छ, त्यसैगरी हाम्रो शरीरमा पनि खाना खाएपछि जम्मा भएको फोहोर सफा गर्न पानी चाहिन्छ। पानीको कमीले फोहोर निष्कासन हुन पाउँदैन र कब्जियत हुन्छ।
धेरै चिन्ता, रिस, मोह, लोभ आदिले शरीरमा मानसिक तनाव बढ्छ। अनिद्रा हुन्छ जसले पाचनमा गडबडी भई कब्जियत हुन्छ। कब्जियत पनि एक प्रकारको जीर्ण रोग हो र सबै रोगको घर पनि। कब्जियतलाई बुझ्न पाचन प्रणालीबारे बुझ्न जरुरी छ।
के छ त उपचार ?
कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा-पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।
कब्जियत हुनेले के नखाने ?
काँचो केरा
कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।
दूधका परिकार
यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।
तारेको, भुटेको खानेकुरा
तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।
रातो मासु
रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया