काठमाडौँ। आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ कृष्ण पक्षको दशम:तिथि। अन्तर्राष्ट्रिय नर्स दिवस। तदनुसार सन् २०२६ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। स्वास्थ्यमा अचानक समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूसँग अनावश्यक विवाद हुन सक्ने भएकाले बोलीमा नियन्त्रण राख्नुहोला। खर्च बढ्ने सम्भावना छ।
वृष: आर्थिक रूपमा आजको दिन निकै सफल रहनेछ। कतै फसेको पैसा फिर्ता आउन सक्छ। नयाँ व्यावसायिक योजनाहरू कार्यान्वयन गर्न आजको दिन शुभ छ। साथीभाइको सहयोगले महत्वाकांक्षी योजना सफल हुनेछन्।
मिथुन: कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। नयाँ रोजगारीको अवसर मिल्न सक्छ। सरकारी र प्रशासनिक कामहरू सजिलै सम्पन्न हुनेछन्। अभिभावकहरूको आशीर्वादले काममा थप हौसला मिल्नेछ। पदोन्नतिको योग पनि रहेको छ।
कर्कट: आज भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्। उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूका लागि आजको दिन फलदायी रहनेछ। समाज सेवामा रुचि बढ्नेछ र लामो दूरीको यात्रा लाभदायक रहनेछ।
सिंह: आजको दिन केही सतर्क रहनुपर्ने देखिन्छ। स्वास्थ्यमा अचानक समस्या आउन सक्छ। जोखिमपूर्ण लगानीबाट टाढै रहनुहोला। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। धैर्यता नगुमाउनुहोला, साँझपख स्थितिमा सुधार आउनेछ।
कन्या: व्यापार र व्यवसायमा आज नयाँ सम्झौता हुन सक्छ। साझेदारीमा गरिएका कामहरूबाट राम्रो मुनाफा मिल्नेछ। पारिवारिक जीवन सुखी रहनेछ र जीवनसाथीसँग कतै बाहिर जाने योजना बन्न सक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
तुला: आज शत्रुहरू परास्त हुनेछन्। पुराना ऋणहरू चुक्ता गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ र ऊर्जावान महसुस गर्नुहुनेछ। अदालती वा कानुनी मामिलामा तपाईंको पक्ष बलियो रहनेछ। मामाघर पक्षबाट लाभ मिल्न सक्छ।
वृश्चिक: विद्यार्थीहरूका लागि आजको दिन निकै राम्रो छ। सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन रोमान्टिक रहनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ।
धनु: पारिवारिक वातावरण केही अशान्त रहन सक्छ। घरजग्गाको विषयलाई लिएर आफन्तसँग मतभेद हुन सक्छ। कामको चापले गर्दा मानसिक थकान महसुस होला। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।
मकर: तपाईंको सामाजिक दायरा बढ्नेछ। दाजुभाइको सहयोगले रोकिएका कामहरू सम्पन्न हुनेछन्। नयाँ योजनाहरू कार्यान्वयन गर्न आजको दिन शुभ छ। छोटो दूरीको यात्राबाट लाभ हुनेछ। साहस र पराक्रमको सबैले प्रशंसा गर्नेछन्।
कुम्भ: आर्थिक पक्ष सुदृढ रहनेछ। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। मिष्ठान्न भोजन र रमाइलो भेटघाटको अवसर मिल्नेछ। बोलीमा मिठास हुनाले सबैको मन जित्न सफल हुनुहुनेछ। पुराना लगानीबाट फाइदा हुने समय छ।
मीन: चन्द्रमा आज तपाईंको राशिमा प्रवेश गर्ने हुनाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। नयाँ कार्यको थालनी गर्न आजको दिन निकै शुभ छ। तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ र व्यक्तित्वको चर्चा हुनेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया