काठमाडौँ– चलचित्र ‘ज्वाइँ साब’मा हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रूपमा ‘जिरे’ अनुबन्धित भएका छन् । जितु नेपाल मुख्य भूमिका रहेको सो फिल्ममा कलाकार इशान राउत प्रवेश भएका हुन् ।
वसन्त निरौलाको निर्देशन रहेको फिल्म ‘ज्वाइँ साब’को अहिले मकवानपुरको चित्लाङमा छायांकन भइरहेको जनाइएको छ। चित्लाङमा २० दिन छायांकन गरेपछि निर्माणपक्ष बाँकी सुटिङका लागि सौराहा र इलाम पुग्नेछ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया