काठमाडौँ– फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
फिल्म आगामी असार ७ गतेदेखि मूलुकभरका हलहरुमा प्रदर्शनी हुँदै छ । देवराज आले मगरको कथा, राजु युगिन र रान थापाको पटकथा रहेको यो फिल्ममा देवराज आलेमगरले कथा लेखेका हुन् ।
फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा प्रस्तुत छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया