काठमाडौँ – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेअरी रङ्गशालामा हुने यो खेलमा नेपालको पहिलो प्रतिस्पर्धीका रूपमा नेदरल्यान्ड्स देखिने छ । खेल नेपाली समय अनुसार राति ९ः१५ बाट हुने छ ।
यो खेलको काठमाडौँ महानगरपालिकाले निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ। महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा एलईडी स्क्रिन राखेर खेलको प्रत्यक्ष प्रदर्शन गर्ने भएको हो।
हालसम्म १२ टी–२० अन्तर्राष्ट्रिय खेलमा भिडेका नेपाल र नेदरल्यान्ड्समध्ये नेदरल्यान्ड्सले बढी बाजी मारेको छ । यी खेलमा ६ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ भने नेपालले पाँच खेलमा जित हात पारेको छ। एक खेल नतिजाविहीन भएको थियो।
विश्वकपमा अहिले अफगानिस्तान र युगान्डाबीचको खेल जारी छ भने आजै इंग्ल्यान्ड र स्कटल्यान्ड पनि भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति ८ः१५ बाट शुरू हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया