काठमाडौँ– भारतबाट आउने अपस्ट्रिममा समस्या आउँदा वर्ल्डलिंक, भायानेट लगायतका इन्टरनेटमा समस्या देखिएको छ ।
केही समयदेखि वर्ल्डलिंक, भायानेट, टेकमाइण्डस् लगायतका इन्टरनेट सेवा प्रदायकले वितरण गरेको इन्टरनेटमा पटक-पटक समस्या आउँदा ग्राहकले समस्या भोग्दै आएका छन् ।
केही हप्ताअघि पनि भारतबाट आउने अपस्ट्रिम इन्टरनेटमा समस्या आएको वर्ल्डलिंकले जनाएको थियो । यो समाचार तयार पार्दासम्म भने इन्टरनेट प्रोभाइडरले यसबारेमा कुनै जानकारी दिएका छैनन् ।
प्रयोगकर्ताले भने इन्टरनेटमा एक्कासी समस्या आएको गुनासो गरेका छन् ।
भारतीय कम्पनी एयरटेल, टाटा लगायतका कम्पनीले नेपालमा ब्याण्डविथ दिँदै आएका छन् । यदि उनीहरूले स्लो गरेको खण्डमा नेपालभर इन्टरनेटमा समस्या आउने गर्छ ।
यसअघि पनि प्रयोगकर्ताले इन्टरनेट स्लो भएको भन्दै इन्टरनेट सेवा प्रदायकसँग गुनासो गर्ने कोशिश गरेका थिए । तर, सेवा प्रदायकले इन्टरनेटमा समस्या आएपछि फोन नै नलाग्ने बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया