काठमाडौँ – आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा सुखद थालनी गरेको हो ।
वेस्ट इन्डिजले पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए ।
त्यस्तै आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा कप्तान रोभमन पावेलले १५ रन बनाए ।
यसअघि टस हारेर पहिला व्याटीङको निम्तो पाएकाे पिएनजीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको हो । उसका लागि सेसे बाऊले सबैभन्दा बढी ५० रन बनाए । त्यसैगरी किप्लिन डोरिगाले २७ तथा कप्तान असद वालाले २१ रन बनाए ।
वेस्ट इन्डिजले सन् २००७ को पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ भने पीएनजीले दोस्रो पटक विश्वकप खेल्न लागेका हो ।
उसले यसअघि सन् २०२१ मा पहिलो पटक विश्वकप खेलेको थियो । आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया