मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ह्रस्व दीर्घ’ को प्रदर्शन मितिमा हेरफेर

काठमाडौँ– यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म  ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । 

निर्माण टिमले फिल्मलाई एकहप्ता पहिले नै रिलिज गर्नेगरि संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो ।

निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् ।

‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो ।,’ नीताले भनिन् ।

फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यहि फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म  ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ ।

अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ भने मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?