मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ– अभिनेत्री स्वास्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेत्री खड्कामात्र फिचर भएको सो फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो ।

पोस्टरमा उनलाई बेहुलीको भेष एक उभिएर एक हातले ट्र्याक्टर हाँकेर अर्को हातको औला तेर्स्याउँदै कासैलाई चर्को स्वरमा कराइरहेको भावमा देख्न सकिन्छ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको सो फिल्म यही वर्षको दशैंमा रिलिज हुँदैछ। फिल्ममा स्वस्तिमाको जोडी उनकै श्रीमान् निश्चल बस्नेत बनेका छन्।

काफ्ले एवम् बरालकै जोडीले सिनेमाको कथा लेखेका हुन् भने यो उनीहरुको डेब्यू निर्देशन हो।

रोमको जनरामा रहेको सिनेमामा स्वस्तिमा तथा निश्चलका अलावा आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ।

स्वस्तिमा खड्का तथा निश्चल बस्नेतको संयूक्त निर्माण रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?