काठमाडौँ– प्रविधिसँगै विकास भएका धेरै सामाजिक सञ्जालका माध्यमहरूमध्ये ह्वाट्सएपको प्रयोग पनि केही समययता व्यापक रूपमा भइरहेको छ ।
तर कतिपय अवस्थामा तपाइलाई कसैले ह्वाट्सएपको कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपमा जोडिदिएको हुनसक्छ । जसका कारण यस्ता ग्रुपहरुमा आइरहने म्यासेजले तपाइलाई दिक्क बनाउन सक्छ ।
यस्ता कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरूलाई डिलिट पनि गर्न मिल्दैन । त्यसैले यस्ता ग्रुपहरुवाट बाहिर निस्कनका लागि तलका उपाय अपनाउन सक्नुहुन्छ ।
यसरी बन्द गर्न सकिन्छ, कम्युनिटी तथा अनाउन्समेन्ट ग्रुपहरू
– सबैभन्दा पहिले तपाइको मोबाइलमा ह्वाटसएप खोल्नुहोस् ।
– तपाई जोडिएको ग्रुपमा गई ‘थ्री डट’ को आइकनमा क्लिक गर्नुहोस् ।
– थ्री डटमा क्लिक गरेपछि अगाडि आउने अप्सनहरूमा ‘अनाउन्समेन्ट इन्फो’ मा क्लिक गर्ने ।
– त्यसको सबैभन्दा अन्तिममा रहेको ‘एक्जिट ग्रुप’ नामक अप्सनमा क्लिक गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया