मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किम्फमा डोरबहादुर विष्टको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन

काठमाडौँ – जारी २१ औँ किम्फको दोस्रो दिन बिहीबार नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिएको छ। 

सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन् ।

जीवित छँदा बेलाबखत ‘म अलप हुन चाहन्छु।’ भन्ने गरेका डोरबहादुर २०५२ पुस २७ देखि रहस्यमयी रूपमा बेपत्ता छन्। प्राज्ञिक कर्मसँगै सामाजिक रूपान्तरणमा समेत झुकाव भएका डोरबहादुरको यही भनाईलाई नै निर्देशक सचिन घिमिरेले फिल्मको नाम दिएका हुन् । 

जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्त्वपूर्ण काम गरेका थिए। उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन्। यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौँ सन्दर्भ आएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?